काठमाडौं, असार २५ —

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीका अनुसार विभागको तेस्रो प्रवेशद्वार नजिक ती पुरुषले अचानक आफ्नो शरीरमा आगो लगाएका थिए। घटनालगत्तै त्यहाँ खटिएका सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिई उनलाई उद्धार गरेका थिए।

घाइते व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

घटनामा संलग्न व्यक्तिको परिचय तथा आत्मदाह प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।