राहदानी विभाग परिसरमै आत्मदाहको प्रयास!

काठमाडौं, असार २५ —
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
प्रहरीका अनुसार विभागको तेस्रो प्रवेशद्वार नजिक ती पुरुषले अचानक आफ्नो शरीरमा आगो लगाएका थिए। घटनालगत्तै त्यहाँ खटिएका सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिई उनलाई उद्धार गरेका थिए।
घाइते व्यक्तिलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
घटनामा संलग्न व्यक्तिको परिचय तथा आत्मदाह प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको हाइस कर्णाली नदीमा खस्यो, उद्धार तथा खोजी जारी

दैलेख, असार १८ —
सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस दैलेखमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको साङ्गेतडा क्षेत्रमा कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि गाडी नदीमा पूर्ण रूपमा डुबेकाले तत्काल फेला पार्न कठिनाइ भइरहेको छ। उद्धार टोली घटनास्थलमा पुगिसकेको भए पनि नदीमा डुबेका कारण गाडी र यात्रुसम्म पुग्न सकेको छैन।
हालसम्म गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। साथै कुनै घाइते वा अन्य व्यक्तिसमेत फेला नपरेकाले यात्रुको संख्या …

अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा स्थगित गर्‍यो

अमेरिकाले डाइभरसिटी भिसा (DV) कार्यक्रमलाई अस्थायी रूपमा स्थगित गरेको छ। अमेरिकी प्रशासनले सुरक्षा तथा आप्रवासन नीतिको पुनरावलोकन आवश्यक भएको भन्दै कार्यक्रम रोक्ने निर्णय गरेको जनाएको छ।
डाइभरसिटी भिसा कार्यक्रममार्फत हरेक वर्ष विभिन्न देशका नागरिकलाई लटरी प्रणालीमार्फत अमेरिका स्थायी बसोबास (ग्रीन कार्ड) को अवसर प्रदान गरिँदै आएको थियो। यस कार्यक्रम अन्तर्गत नेपालसहित कम आप्रवासन दर भएका मुलुकका हजारौँ नागरिकले आवेदन दिँदै आएका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका केही व्यक्तिहरूको पृष्ठभूमि जाँच र सुरक्षासम्बन्धी विषयमा थप कडाइ आवश्यक देखिएकाले अस्थायी रूपमा स्थगन गरिएको हो। कार्यक्रम कहिलेसम्म रोकिरहने भन्ने विषयमा भने स्पष्ट …

अख्तियारको आयोजनामा चौरजहारीमा सुशासन प्रवर्द्धन अन्तरक्रिया हुने

रुकुम पश्चिम । गोपाल खडका
नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको आयोजनामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आउँदो मंसिर २१ गते आइतबार नगरपालिकाको सभा हलमा दिउँसो १२ बजेदेखि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रतिनिधिहरूले सहजीकरण गर्नेछन्।
कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, शाखा/उपशाखा/इकाइ तथा फाँट प्रमुखहरू, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू, साथै स्थानीय तथा संघीय–प्रादेशिक सरकारी कार्यालयका प्रमुखहरू सहभागी हुने जनाइएको …

चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम

चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका …

रुकुम पश्चिम सानीभेरीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया हुने

रुकुम पश्चिम, गोपाल खड्का
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सानीभेरी गाउँपालिकामा हुने भएको छ।
गाउँपालिकाको सभाहलमा आउँदो मंसिर २२ गते सोमबार बिहान १०:०० बजेदेखि सुरु हुने कार्यक्रमबारे गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको छ।
कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सबै शाखा प्रमुखहरू, गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)का अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समिति लगायतका स्थायी प्रकृतिका उपभोक्ता समितिका पदाधिकारीहरू, संघीय, प्रादेशिक तथा स्थानीय तहका …

रुकुम पश्चिमबाट गम्भीर स्वास्थ्य समस्या—तिलसरा ओलीलाई सहयोग को अपिल

रुकुम पश्चिम, सानिभेरी गाउँपालिका–८ तल्लो आम्डाडाकी तिलसरा ओली विगत तीन महिनादेखि अस्पतालको आईसीयूमा जीवन-मरणको संघर्षमा हुनुहुन्छ।
फोक्सोमा निमोनिया भई पानी जमेको गम्भीर कारणले उहाँलाई झन्डै दुई महिना नेपालगञ्ज मेडिकल कलेजको आईसीयूमा राखी उपचार गरिएपछि हाल काठमाडौँको बिर अस्पतालमा थप उपचार जारी छ। चिकित्सकले फोक्सोको अपरेशन अनिवार्य रहेको बताएपछि उपचार खर्च अत्यधिक बढेको परिवारले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएकाले तिलसरा ओलीका छोरा कमल ओलीले सबै सहयोगी मनहरूसँग आमाको ज्यान बचाउन साना–ठूला सबै किसिमका सहयोगको आग्रह गरेका छन्।
“तपाईंहरूको सानो सहयोगले पनि मेरी आमालाई नयाँ जीवन दिन सकिन्छ,” कमलले भावुक हुँदै अनुरोध गरेका छन्।
लक्षित …

रुकुम पश्चिम सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा खटिए खड्का

रुकुम पश्चिम / गोपाल खड्का
रुकुम पश्चिम, सानीभेरी — सानीभेरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा नरविर खड्का कामकाजमा खटिएका छन्।
विगत तीन वर्ष ८ दिन सानीभेरीमा सेवा दिएर जिल्ला सरुवा भएर सल्यानको छत्रेश्वरी गाउँपालिकातर्फ पूर्व प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी गएपछि सो पद खाली थियो। उक्त रिक्त पदमा गृह मन्त्रालय मातहत कार्यरत नरविर खड्कालाई सामान्य प्रशासन मन्त्रालयले सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिएको हो।
सानीभेरी गाउँपालिका–१० चिन्तु निवासी खड्का लामो समयसम्म मुसिकोट नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हालेका थिए। त्यसपछि अध्यागमन विभाग हुँदै इलाका प्रशासन कार्यालयमा सेवा अनुभव बटुलेका उनी हाल …

You Missed

राहदानी विभाग परिसरमै आत्मदाहको प्रयास!
साङ्गेताडा एसएमएल दुर्घटना: मानवीय क्षतिको पूर्ण विवरण अझै खुल्न सकेन, रास्कोटका मेयर घटनास्थल तर्फ
सुर्खेतबाट कालिकोट जाँदै गरेको हाइस कर्णाली नदीमा खस्यो, उद्धार तथा खोजी जारी
सुर्खेतमा विद्युत प्राधिकरणको लापरबाही? २६ घण्टादेखि विद्युत अवरुद्ध,
औद्योगिक प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा, विजेतालाई नगदसहित प्रमाणपत्र
उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन
नेपालमा राजनीतिक अस्थिरता र विकास

Primary Color

Secondary Color

Layout Mode