साङ्गेताडा एसएमएल दुर्घटना: मानवीय क्षतिको पूर्ण विवरण अझै खुल्न सकेन, रास्कोटका मेयर घटनास्थल तर्फ
२०८३ असार १९ गते
दैलेख
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत साङ्गेताडामा भएको एसएमएल गाडी दुर्घटनामा मानवीय क्षतिको पूर्ण विवरण अझै सार्वजनिक हुन सकेको छैन। हालसम्म दुई जनाको मात्रै परिचय खुलेको छ। प्रारम्भिक जानकारी अनुसार अधिकांश यात्रुहरु रास्कोट नगरपालिकाका नागरिक भएको आशंका गरिएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले दैलेख प्रहरीसँग निरन्तर समन्वय गर्दै खोज तथा उद्धार र पहिचान प्रक्रियाबारे जानकारी लिँदै आएको जनाएको छ।
यसै बीच, रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही नगर प्रहरीको टोली सहित शुक्रबार घटनास्थल तर्फ प्रस्थान गरेका छन्। आफ्ना नगरवासी दुर्घटनामा परेको सूचना पाए लगत्तै मेयर शाही …
उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन
प्यूठान,
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगर को सवारी दुर्घटनामा परी निधन भएको छ।
शनिबार (असार १३) स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा उनले आफैं चलाइरहेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठान ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्मा का अनुसार दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको छ।
स्वर्गीय रानामगर …
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा अटो दुर्घटना, २ बालकसहित ७ जना घाइते
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा आज भएको अटो दुर्घटनामा २ बालकसहित ७ जना घाइते भएका छन्।
गोतामकोटबाट बगारतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई दुर्घटना भएको ललित चन्दले जानकारी दिनुभयो।
घाइते सबैजनाको आठाबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार अधिकांशको अवस्था सामान्य रहे पनि केहीको अवस्था भने मध्यम रहेको बताइएको छ।
दुर्घटनाको कारण तीव्र गति तथा सडकको भौगोलिक चुनौती रहेको अनुमान गरिएको छ।
स्थानीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
